आजको मौसम : पश्चिमी पहाडी भूभागमा पानी पर्ने सम्भावना

  • प्रकाशित मिति : January 28, 2019
  • टुरिजम सञ्चार

काठमाण्डौ,माघ १४। उपत्यकाको मौसम अहिले सामान्य बद्ली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज दिउँसो भने मौसम पूर्ण रुपमा खुलेर घाम लाग्ने सम्भावना रहेको छ ।

केही दिनदेखि पश्चिमी वायुको प्रभावले बदली भएको मौसम सोमबार सामान्य भएको हो । पश्चिमी पहाडी भेगमा भने सोमबार पनि पूर्ण रुपमा मौसम खुल्ने सम्भावना छैन ।