ठमेल पर्यटन परिषद्को निर्वाचन स्थगित

  • प्रकाशित मिति : January 27, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, माघ १३ । ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको छ। टीटीडीसीको निर्वाचन यही माघ १६ गते २४ औं साधारणसभा सँगै हुने भनिएको नयाँ कार्य समितिको निर्वाचन स्थगित भएको हो ।

शुक्रबार भएको परिषद्को आकश्मिक बैठकले आन्तरिक तयारीको अपुग भएको भन्दै साधारण सभा अनिश्चिकालको लागि स्थगित भएको जनाएको छ । परिषद्मा आवद्ध रहेका ३ सय २८ जना सदस्यहरुलाई मतदानबाट वञ्चित गर्न खोजिएको भन्दै साधारण सदस्यहरुबाट विवाद बढ्दै गइसकेपछि परिषद्ले बाध्य भएर साधारण सभा हुनु ४ दिन अघि स्थगित गरिएको हो ।

साधारणसभा हुनु अघि छोटो समय राखेर एक्कासी स्थगित गरिनुलाई पर्यटन व्यवसायीहरुले अर्थपूर्ण रुपमा लिएका छन् । व्यवसायीहरुले परिषद्मा राजनीतिक चलखेलका बीच साधारण सभा स्थगित भएको बताउदै यस्ता क्रियाकलापले ठमेलको विकास उन्नति नहुने बताएका छन् ।

निर्वाचनको लागि ७ सय ९३ जना सदस्य रहेपनि ५ सय ३० जनाले मात्रले मतदान गर्ने अधिकार रहेको थियो ।