तस्बिरमा हेर्नुस हिउँले सेतै ढाकेको रसुवा

  • प्रकाशित मिति : January 26, 2019
  • टुरिजम सञ्चार

रसुवा,माघ १२। शुक्रबाररातिे देखि रसुवामा पुन हिमंपात भएको छ । राति बाट मौसम बदलिई भई जिल्लाका उतरी भेगका लामटाङ, गत्लाङचिलिमे, नागथली,यार्सा,गोसाँईकुण्ड,चन्दनबारी लगायतका स्थानमा भारी हिंमपात भएको हो । हिमपातका कारण चिसो बढदा घर भित्रबाट निस्कन समेत समस्या परेको स्थानीय दार्जे तामाङले बताउनुभयो । यस बर्षमा ढिलै भए पनि माघ महिनामा पानी तथा हिमंपात भएकोमा उतरी भेगका किसान भारि हिमपात  हुँदा जनजीवन प्रभाबित भए पनि हिमपातले खेतबारीमा लगाएको हिउदे बाली सप्रने आशामा रसुवाका कृषक खुशि भएका छन । चिसोबाट बच्न स्थानीयले यसअघि जंगलबाट ल्याएर राखेका दाउरा तथा हिटरको प्रयोग गरे पनि तातो खाना र न्यानो कपडा प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध गरेको छ ।