कालिन्चोक मन्दिर जाने बाटोमा हिउ परेपछि

  • प्रकाशित मिति : January 24, 2019
  • टुरिजम सञ्चार

सुजन काफ्ले/दोलखा,माघ १०।दोलखाको धार्मिक तथा पर्यटकिय स्थल कालिन्चोक भगवती मन्दिर जाने बाटो मा हिउँ परेपछी साना ठुला गरि दर्जनौं सवारि साधनमा आयका पर्यटकहरु पैदल यात्रा गर्न बाध्य भएका हुन। बुधबार बिहानै देखि हिमपात भएका कारणले हिउँमा सवारी साधन चिप्लिएर जान नसकेको हो।

दोलखा सदरमुकाम चरिकोट बाट १८ किलोमीटरमा पर्ने कुरि बजारका लागि हिडेका दुइ पाङ्ग्रे र चार पाङ्ग्रे गरि दर्जनौं सवारीसाधन बिच बाटोमा पर्ने देउराली र गैरीबाट जान सकेका छैनन् । राजधानी लगायत विभिन्न जिल्लाबाट आएका पर्यटकहरु आफुले ल्यायका सवारीसाधन जान नसकेपछि पैदल यात्रा गर्न बाध्य भएका छ्न। रातको समयमा पनि आफ्नो पर्यटक हरु आफ्नो परिवार सहित पैदल लागेका थिए ।

शुक्रबार दोलखाका पर्यटकिय स्थल कालिन्चोक, खरिढुङ्गा, सैलुङ लगायतका क्षेत्रमा हिमपात भयको थियो।
दोलखा हिमपात सुरु भए सगै पर्यटक हरुको चाप बढ्ने गरेको छ। केही दिन पनि अघि दोलखामा पर्यटकहरुले होटेल नपाएपछि सयौं पर्यटकलाइ स्थानीयले आफ्नो पाहुना घरमा लगेर सुतायका थिए ।