धुलिखेलमा साहसिक खेल ‘जिपलाइन’ व्यवसाय छिट्टै सञ्चालन हुने

  • प्रकाशित मिति : January 23, 2019
  • टुरिजम सञ्चार

बनेपा,माघ ९। पर्यटकीय क्षेत्र धुलिखेलमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ व्यवसाय छिट्टै सञ्चालन हुने भएको छ ।काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सिमानामा पर्ने खावामा ‘वल्र्डवाइड एड्भेञ्चर प्रालि’को सञ्चालनमा सो व्यवसाय शुरु हुन लागेको हो ।

सुपरम्यान जिपलाइनका लागि अमेरिकी र क्यानेडेली प्रविधिको सामग्री प्रयोग गरेकाले खासै जोखिम नहुने बताए। पर्यटन विभाग, पर्यटन बोर्ड, उद्योग विभाग र उद्योग मन्त्रालय तथा वन मन्त्रालय लगायतका निकायबाट स्वीकृति लिएर सो व्यवसाय सञ्चालन गर्न लागिएको हो ।

जिपलाइनका लागि मात्रै रु दुई करोड ५० लाख खर्च भएको र सो खेलसँगै त्यहाँ आउनेलाई थप सुविधा प्रदान गर्न अरु व्यवस्थापनको काम भइरहेको छ । सम्पूर्ण व्यावसायिक कार्य सम्पन्न हुँदा रु छ करोड लगानी लाग्ने सञ्चालकले बताए।

जिपलाइन खेलको उडान विन्दुदेखि अवतरण विन्दुसम्मको दूरी एघार सय मिटरको रहेको छ ।  जिपलाइन खेल सञ्चालनमा आएपछि काभ्रेपलाञ्चोकको धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यकटको थप आकर्षण बढ्ने पर्यटन व्यवसायी बताउँछन् ।