लिगलिगकोटको थुम्कामा पर्यटकको संख्या बढ्न थाल्यो

  • प्रकाशित मिति : January 22, 2019
  • टुरिजम सञ्चार

गोरखा,माघ ८ । नेपालको ठूलो राष्ट्रिय झण्डा राखिएको गोरखाको पालुङटार नगरपालिका-२ लिगलिगकोटको थुम्कामा पर्यटकको संख्या बढ्न थालेको छ ।

सार्वजनिक बिदाका दिन पर्यटकको बढी भीड हुने गरेको  छ । धेरै आन्तरिक पर्यटक नै आउँछन्, उनिहरु झण्डा राखिएको ठाउँमा पुगेर सेल्फी फोटो खिच्न व्यस्त देखिन्छन् ।

पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले राष्ट्रिय एकता दिवसको अवसर पारेर ४० फिट अग्लो झण्डा राखिएको थियो । उक्त झण्डा नेपालकै ठूलो भएको दावी छ ।