कालिन्चोक सम्म

  • प्रकाशित मिति : January 22, 2019
  • टुरिजम सञ्चार

सुजन काफ्ले/दोलखा , माघ ८। काठमाडौ बाट बस चढेर १३३ किलोमीटरको यात्रामा दोलखाको सदरमुकाम चरिकोट पुगिन्छ।सिन्धुपाल्चोकको खाडिचौर देखि चरिकोट सम्म बाटो निर्माण भइरहेको कारणले यात्रामा केही ढिलो हुदा करिब ७ घन्टाको यात्रामा चरिकोट पुगिन्छ ।। चरिकोट बाट १८ किलोमीटर कच्ची सडकको २ घन्टा यात्रामा कालिन्चोकको फेदिमा रहेको कुरि बजार सम्म पुगिन्छ।

कुरि बजारबाट १ घन्टा उकालो बाटो हिडेपछी कालिन्चोक डाडा अर्थात कालिन्चोक भगवती मन्दिर पुगिन्छ। तर आजभोलि केबुलकार सन्चालनमा आयपछी कुरि बजार बाट कालिन्चोक मदिर केबुलकारबाट सहजै पुग्न सकिन्छ।

धार्मिक दृस्टिकोणले कालिन्चोक भगवतिको ठुलो महत्त्व रहेको छ।कालिन्चोक लाई पार्बतिले महादेव स्वामी पाउ भनेर तपस्या गरेको भुमी मानिन्छ। हिमालय पर्बत माइत भएकि पार्बतिले गौरीशंकर क्षेत्रमा ध्यानमा रहेका महादेव लाई देख्ने गरि कालिन्चोकको डाडा बाट तपस्या गरेको किबदन्ती रहेको पाइन्छ।

जाडो मौसममा कालिन्चोक वरपर हिउँ खेल्दै रमाइलो गर्दै घुम्न पाइन्छ। कालिन्चोकमा हिउँ परेपछी पर्यटक चाप बढ्ने गर्दछ। बैशाख जेठको समयमा वरपर ढकमक लालिगुरासका फुलहरुको आकर्षण देख्न सकिन्छ।

कालिन्चोक डाडाबाट देखिने हिमालका सुन्दर दृश्यहरुले मनलाई नै आनन्दित बनाउछ।कालिन्चोक आसपासको क्षेत्रमा स्केटिङ वा गल्फ खेल्नको लागि पनि राम्रो सम्भावना रहेको छ।।