शालिनदीमा स्वस्थानी व्रत कथा सुरु भएसँगै एक महिने मेला आज देखि सुरु

  • प्रकाशित मिति : January 21, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,माघ ७। काठमाडौंको शङ्करापुर नगरपालिकामा रहेको धार्मिक नदी शालिनदीमा स्वस्थानी व्रत कथा सुरु भएसँगै एक महिने मेला आज सोमबारदेखि सुरु भएको छ ।

पौषशुल्क पुर्णिमा तिथिदेखि सुरु हुने मेला माघ शुक्ल पूणिर्मा सम्म चल्ने छ ।हरेक वर्ष माधवनारायणको मुर्ति शालिनदीमा ल्याएर मेला सुरु हुने परम्परा रहेको छ ।

मनोकाक्षा पूरा हुने विश्वासका साथ एक महिनासम्म बसिने यस व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाक्षा पूरा भएको कुरा स्वस्थानी कथाको जनविश्वास रहेको छ ।