सुदूरका ताल संरक्षण अभाबमा अतित्व मेटिने खतरा

  • प्रकाशित मिति : January 20, 2019
  • टुरिजम सञ्चार

टुरिजम संचार,माघ ६। अमरगढी-संरक्षण नहुदा डडेल्धुरा लगायतका सुदूरपश्चिम प्रदेशको क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा अधिकांश ताल पुरिने अवस्थामा पुगेका छन् ।

ताल संरक्षणमा कसैले चासो नदेखाउँदा अहिले आलिताल चारैतिरबाट पुरिन थालेको छ । आलिताल डडेल्धुरा जिल्लाको सबैभन्दा ठूलो ताल हो ।  डडेल्धुराको अर्काे ठूलो नाइल तालको समयमै संरक्षण नहुदा पछिल्लो समय अतित्व नै मेटिने भएको स्थानीयवासीको गुनासो छ ।

यस्तै बगराकोट गाविसमा पर्ने बगबरकोट ताल संरक्षण अभावमा पुरिँदै गएको छ ।डडेल्धुरामा र कञ्चनपुरको सीमा क्षेत्रमा रहेका बेतकोट ताल, भिलमिला ताल, डडेल्धुरा डोटी सीमामा पर्ने छतिवन ताल, अछाम जिल्लामा रहेको रामारोशन ताल र बझाङ जिल्ला र दार्चुलाको सिमानामा पर्ने सुर्मासरोवर अहिले संरक्षणको अभावमा तालका अकार घट्न थालेको प्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

सुदूरपश्चिमका चर्चित घोडाघोडी तालदेखि शुक्लफाँटा आरक्षभित्र रहेको रानी ताल, खप्तड राष्ट्रिय निकुञ्जभित्र रहेको खप्तड दहलगायतका अधिकांश तालतलैया पुरिन थालेको छन ।

प्रचुर पर्यटनको सम्भावना बोकेको सुदूरपश्चिमका पर्यटकीयस्थल ताल, धार्मिकस्थल र सुदूरपश्चिम क्षेत्रको दार्चुलामा पर्ने अपी हिमाल र बझाङ जिल्लामा पर्ने साइपाल हिमालसमेत ओझेलमा परेका देखिन्छन् ।