कस्तो अचम्म तुरतुरे तालमा फोटो खिच्न १० रुपैयाँ !

  • प्रकाशित मिति : January 19, 2019
  • टुरिजम सञ्चार

टुरिजम संचार,माघ ५। बागलुङको बडिगाड र ढोरपाटन नगरपालिकाको सिमानामा पहिरोले खोला थुनेपछि बनेको ‘तुरतुरे ताल’ धेरैको रोजाइमा परेको छ । युवायुवती देखि वृद्धवृद्धाको रोजाइमा रहेको ‘तुरतुरे ताल’मा आन्तरिक तथा बाह्य पर्यटक जाने गरेका छन् ।

दैनिक २ सय देखि ३ सयकाे हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु तालमा सयर गर्न पुग्ने गरेका छन् ।

अझै रोचक कुरा तपाई तालको फोटो लिन चाहनुहुन्छ भने १० रुपैयाँ नदिई सुखै छैन । त्यसमा अझ तपाईलाई तालमा सयर गर्न मन लागे १ सय ५० देखि ५ सय रुपैयाँमा आनन्द लिन सक्नुहुनेछ ।