पवित्र आस्था र विश्वाशकि साक्षत प्रतीमुर्ती “पाथिभरा देबी”

  • प्रकाशित मिति : January 19, 2019
  • टुरिजम सञ्चार

ताप्लेजुङ्,माघ ५। ताप्लेजुङ्  जिल्लामा अवस्थित हिन्दु हरुको पवित्र आस्था रहेको पाथिभरा देवीको दर्शन गर्न आउने भक्तजनहरुको सङ्ख्या दिन प्रतिदिन बड्दै गएको छ। नेपाल भित्र र बहिर बाट पनि वार्षिक लाखौं धर्मिक पर्यटक आउने गरेका छन। भरिएको पथिको आकार को डाडा भएको कारण यस ठाउँको नाम पथिभरा रहन गएको भनाइ छ।

पथिभरा देबिको बासस्थान समुन्द्र सतह बाट ३ हजार सात सय ९४ मिटरको उचाइमा छ पथिभरा माता सँग आफुले चाहेको वर मागेर दर्शन गर्न आए मनको इच्छा पुरा हुने विश्वास रहदै आएको छ।

किन्वदन्ती अनुसार भेडा गोठालाले यस ठाउमा भेडा चराउन ल्याउदा रातपरेर यहि बास बसेको समयमा रातिनै उसका सबै भेडा हराएछन यताउता सबैतिर खोज्दा नभेटिएपछि हैरान भएर त्यो गोठालो फेरी सुतेछ उस्ले सपनामा सुन्दर कन्या देख्यो ति कन्याले आफु देवी भएको र अफुलाई ठुलो भेडा भाकल गरे सबै भेडा फिर्ता हुने बताए पछी उस्ले बिउँझीएर ठुलो भेडा दिने भाकल गर्‍यो नभन्दै सबै भेडा चर्दै गरेको देखे पछी उस्ले नुवाइ धुवाइ गरेर डाडाको पुर्व पट्टि देवीको प्राकृतिक थान देख्यो त्यही उस्ले देवीलाई ठुलो भेडाको भोग दिएपछी अरुपनी दर्शन गर्न आउन थालेको र यहाँ आउने हरुको मन को इच्छा पुराा हुन थाले पछी दिनप्रतिदिन भक्तजनहरु बड्दै गएको भनाइ छ।

यहाँ आउने पर्यटकहरुले विश्वको तेस्रो अग्लो हिमाल कन्चनजङा लगायत बिभिन्न हिमाली दृृश्य  देख्न पाउनुका साथै मनोरम डाडा बनस्पती अचम्मित पार्ने सुर्योदयको समेत दृृृश्यअवलोकन  गर्न पाउनेछन।