पर्यटकको रोजाइमा तनंहूको बन्दिपुर

  • प्रकाशित मिति : January 17, 2019
  • टुरिजम सञ्चार

तनंहु,माघ ३ । पहाडकी रानीको नामले चिनिएको तनहूको बन्दिपुरमा विदेशी र स्वदेशी पर्यटकहरु उल्लेख्य वृद्धि भएको छ ।
स्वदेश तथा विदेशबाट बन्दिपुरमा आन्तरीक तथा बाह्य पर्यटक आएपछि बन्दिपुर अहिले पर्यटकले खचाखच भएको हो । अहिले दैनिक करिब १ सय देखि १ सय ५० सम्म स्वदेशी तथा सोही संख्याकै आधारमा विदेशी पर्यटन बन्दिपुरमा आउने बन्दिपुर पर्यटन विकास समितिले जानकारी दिएको छ ।

बन्दिपुरमा प्राचीन शैलीका घरहरु तथा मनोरम हिमशृङखला अवलोकन गर्न पाइने भएकाले त्यहाँ पर्यटकहरु बढ्दै गएका हुन् । शान्त र स्वच्छ वातावरण भएका कारण पनि बन्दिपुर पर्यटकहरुको रोजाइमा पार्न थालेको हो । बन्दिपुरमा पर्यटको बर्षेनि आगमन बृद्धि भएसँगै त्यस क्षेत्रको आर्थिक गतिविधि समेत बढेको स्थानीय ब्यवसायीहरु बताउँछन् । बन्दिपुरमा अहिले करिब १ सयको हाराहारीमा सुविधा सम्पन्न होटलहरु संचालनमा आएका छन् ।  पर्यटकलाई लक्षित गरेर बन्दिपुरमा १० भन्दा बढी होमस्टे समेत संचालनमा रहेको छ ।