सदर चिडियाखानामा नयाँ बाघ थप

  • प्रकाशित मिति : January 17, 2019
  • टुरिजम सञ्चार

काठमाण्डौ,माघ ३ । चितवन राष्ट्रिय निकुञ्जमा पर्ने भरतपुरको बयरघारीबाट समातिएको बाघलाई ललितपुरको जाउलाखेलमा रहेको सदर चिडियाखानामा ल्याइएको छ ।  गएको पुस १८ गते चिडियाखाना ल्याइएको हो ।

अन्दाजी साढे दुई वर्षको पोथी बाघलाई अहिले चिडियाखानाको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा विशेष रेखदेखमा राख्नुपर्ने भएकाले दुई तीन महिनापछि मात्र यसलाई सार्वजनिक गरिने चिडियाखानाका सहायक क्यूरेटर गणेश कोइरालाले जानकारी दिए ।

चिडियाखानामा यसअघि तीनवटा भाले बाघ थिए । अब बाघको संख्या चार पुगेको छ । चिडियाखानामा बाघ, गैंडा, भालुलगायतका जनावरमा दर्शकको विशेष आकर्षण रहने गरेको छ ।