पर्यटन प्रर्वद्धनको कार्ययोजना बनाउँदै नेचा सल्यान गाउँपालिका

  • प्रकाशित मिति : January 17, 2019
  • टुरिजम सञ्चार

सोलुखुम्वु,माघ ३ । सोलूखूम्वुुको नेचा सल्यान गाउँपालिकामा गाउँपालिका स्तरीय पर्यटन प्रर्वद्धनको प्रारम्भिक चरणको गोष्ठी बुधवार सम्पन्न भएको छ । गाउँपालिका भित्र भएका पर्यटकीय स्थल प्रर्वद्धन गर्ने र पर्यटक भित्राउन थप पहल गरिने उदेश्यका साथ गोष्ठी सम्पन्न भएको हो । नेचा सल्यान गाउँपालिकाका पर्यटन प्रर्वद्धन समितीका संयोजक पुण्य प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न गोष्ठीको प्रमुख आतिथ्यता गाउपालिका अध्यक्ष डुफकुमार बास्तोलाले गरेका थिए ।

स्थानिय स्तरमा रहेका पुरातात्विक सम्पदा, मन्दिर, गुफा लगायतको संरक्षण गरि आन्तरीक तथा बिदेशी पर्यटक भित्राउन सकिने धेरै संभावनाहरु भएकोले यसको संरक्षण गर्न अग्र्रसर हुनुपर्नेमा जोड दिइएको थियो । बोधि एण्ड हिमालयन प्रा.लिको समन्वयमा भएको कार्यक्रममा बोल्दै प्रा.लिका अध्यक्ष बच्चुनारायण श्रेष्ठले स्थानिय स्तरमा पर्यटकको बस्ने अवधी बढाउन होमस्टेहरुको निर्माण गर्न सकिने बताएका थिए ।