म्याग्दीको रुइसेमा पर्यटकहरुको घुईचो, भ्यूटावर निर्माण सुरु

  • प्रकाशित मिति : January 15, 2019
  • टुरिजम सञ्चार

म्याग्दी,माघ १। सरकारले घोषणा गरेको १ सय वटा नयाँ पर्यटकीय गन्तव्यमा म्याग्दीको रुइसे सूचीकृत भएपछि यहाँ आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । प्रशस्त सम्भावना भएर पनि गुमनाम रहेको रुइसे स्थानीयको पहलमा पूर्वाधार निर्माण भएपछि चर्चामा आउन थालेको हो । म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा पर्ने रुइसेमा आन्तरिक तथा बाह्य पर्यटकको हिजोआज भीड नै लाग्न थालेको छ ।
रुइसेबाट धौलागीरी, निलगीरी लगायत ७ वटा हिमालको नजिकैबाट अवलोकन गर्न सकिन्छ । यो ठाउँ धौलागिरि आइसफल क्षेत्र र अन्नपूर्ण रेञ्जका हिमालको अवलोकनको लागि उत्तम मानिन्छ । धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारका रुपमा रहेको रुइसेमा रघुगंगा गाउँपालिकाले भ्यूटावर निर्माण सुरु गरीएको छ ।