आन्तरिक हवाई उडानको भाडा घट्यो

  • प्रकाशित मिति : January 11, 2019
  • टुरिजम सञ्चार

काठमाण्डौ,पुस २७ । इन्धनको मूल्य घटेसँगै देशभरको हवाई भाडा पनि घटेको छ । इन्धनको मूल्यमा एक रुपैयाँ तलमाथि हुँदा भाडा पनि घटबढ हुने व्यवस्थाअनुसार भाडा घटेको वायुसेवा संचालक समितिले जनाएको छ । घटेको भाडा २९ पुसदेखि लागू हुने समितिले जनाएको छ ।
इन्धनको भाडा घटेसँगै बैठक बसेर निर्धारित सुत्रअनुसार नयाँ भाडा समायोजन गरिएको वायुसेवा संचालक समितिले जनाएको छ ।