चन्दननाथमा पर्यटकको आगमन बढ्दो

  • प्रकाशित मिति : January 10, 2019
  • टुरिजम सञ्चार

जुम्ला,पौष २६। जुम्लाको खलङ्गामा अवस्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन ह्वात्तै बढेको छ।कर्णाली प्रदेश सरकारले रारा पर्यटन वर्ष २०७५ घोषणा गरेसंगै राराताल घुमेर चन्दननाथ मन्दिरको दर्शन गरेर फर्कने पर्यटकहरुको सङ्ख्या बढेको हो ।

चन्दननाथ गुठी समितिको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनाको अवधिमा झण्डै १० हजार पर्यटनहरुले चन्दननाथ मन्दिर अवलोकन गरेका छन। पर्यटक आगमन नियमित र व्यवस्थित बनाउन मन्दिर घुम्न आउनेहरुको तथ्यांकसमेत राख्न शुरु गरिएको गुठी समितिले जनाएको छ।
दत्तात्रय मन्दिरको नामले समेत चिनिने यस मन्दिरमा अनिष्ट निवारणको लागी पुजाआजा गर्ने चलन छ।घटस्थापनाको दिन मन्दिरको लिङ्गो फेरेर विशेष पुजा गरिने यस पवित्रस्थलमा तिज र शिवरात्रीमा तथा एकादशीमा मेला लाग्ने गर्दछ ।