एकता दिवशको अवसरमा गोरखाको पर्यटकीय स्थल लिगलिगकोटमा ४० फिट अग्लो राष्ट्रीय झन्डा फहराईने

  • प्रकाशित मिति : January 10, 2019
  • टुरिजम सञ्चार

गोरखा, पुस २६ । गोरखाको ऐतिहासिक तथा पर्यटकीय स्थल लिगलिगकोटमा पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरिने भएको छ । नेपाल एकिकरणको शिलान्यास भएको गोरखाको लिगलिगकोटमा पौष २७ गते पालुङटार नगरपालिकाका मेयर ई.दीपक बाबू कंडेलबाट झण्डोत्तोलन गर्न लागिएको हो ।

लिगलिग कोटमामा राखिने झण्डाको उचाई ४० फिट अग्लो रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले जानकारी दिए । लिगलिगकोटको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उदेश्यले करिब १० लाखको बजेटमा झण्डा राखिन लागेको अधिकृत भारतीले बताए ।

नगरपालिकाले यो आर्थिक वर्ष लिगलिगकोटको विकासको लागि ५० लाख बजेट विनियोजन गरेको छ । सो रकम लिगलिगकोटको पर्यटन प्रवर्धन तथा होम स्टे विकासका लागि खर्च गरिने भारतीले बताए । नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरि नयाँ संदेश दिन लागिएको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण रानाले बताए । शुक्रबार हुने कार्यक्रममा सबै लिगलिगबासीहरुलाई उपस्थित हुन अनुरोध गरिएको रानाले बताए ।

लिगलिगकोटको विकासका लागि लिगलिगकोटमा प्रदेशस्तरीय संग्रहालय निर्माण गर्न गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ रकम विनियोजान गरेको छ । हाल यो प्रक्रियामा रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोहि कार्यक्रममा बौद्ध हिमाल युवा क्लबका अभियन्ता हरुद्वारा गरिएको “लिगलिग ( पालुङटार प्रवर्द्धन यात्रा २०७५ “ मा टिस्टा नदि सम्म पुर्याइएको झण्डा नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ ।