माघ १ गते सार्वजनिक विदा

  • प्रकाशित मिति : January 9, 2019
  • टुरिजम सञ्चार

पोखरा,पुष २५। माघे सक्रान्तिको उपलक्ष्यमा गण्डकी प्रदेश सरकारले आउँदो माघ १ गते सार्वजनिक विदा दिने भएको छ। यसअघि तमुहरुको पर्व तमु ल्होसारको अवसरमा पनि विदा दिएको गण्डकी प्रदेशले हिन्दु तथा मगरहरुको विशेष पर्व माघे सन्क्रान्तिमा समेत सार्वजनिक विदा दिने निर्णय गरेको हो।

मन्त्रीपरिषदको बुधबार बसेको बैठकले माघ १ गते गण्डकी प्रदेशभरि सार्वजनिक विदा निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। माघे सन्क्रान्ति हिन्दु धर्मावलम्बी तथा मगरहरुको विशेष पर्व भएको साथै प्रदेेशमा उक्त चाड मनाउने समुदायका मानिसहरुको बाहुल्यता समेत बढी भएकोले विदा दिने निर्णय गरिएको प्रवक्ता बस्नेतले बताए।

प्रदेश सरकारले वर्षको ६ दिन बिदा दिन पाउने व्यवस्थाअनुसार बिदा दिन लागिएको यो दोस्रो पटक हो । सरकारले त्यस्ता विशेष अवसरमा बिदा दिँदै जाने प्रवक्ता बस्नेतको भनाइ छ ।