काठमाडौंबाट नजिक घुम्ने ठाउँ नगरकोट

  • प्रकाशित मिति : January 8, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,पुस २४ ।  काठमाडौंबाट नजिकै रहेको नगरकोट प्रमुख पर्यटकीय गन्तव्य हो । नगरकोटबाट राम्रा राम्रा दृश्यावलोकन गर्न पाइन्छ । यहाँ परिवारसँग गएर समय बिताउन मज्जा हुन्छ । बस्नका लागि सस्तादेखि महंगा सबैखाले होटलहरु यहाँ रहेका छन् । काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरवाट २० कि.मी. पूर्वमा अवस्थित रहेको छ ।

यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथा को रोमाञ्चक दृश्य देख्न सकिन्छ।

नगरकोटबाट काठमाडौं उपत्यकाको शुन्दर दृश्यावलोकन गर्न पाइन्छ । नगरकोटको डाँडोमा रहेको भ्यू टावरबाट नजिकै हिमालहरु मुस्कुराएको देख्न पाइन्छ । सुर्योदय र सुर्यास्त हेर्नका लागि पनि नगरकोट प्रख्यात रहेको छ ।