गोरखा पुस २४। गोरखाको उत्तरी भेग हिउँ ढाकिएको छ । सोमबार बिहानै देखि नै चुमनुब्री गाउँपालिकाको सबै गाउँहरु हिउँले पुरै ढाकिएको छ ।
३८०० मिटर उचाईमा रहेको वडा नं १ को सामा गाउँ र साम्दो गाउँ हिउँले ढाकिएको हो । त्यस्तै ३४०० मिटरमा रहेको वडा नं ७ को निले , छुले , लारगाउँ पनि हिउँभित्रै नै रहेको छ । वडा नं २ ,४, ५ केहि गाउँहरु पनि हिमपात भएको छ ।
हिउँ परेपछि उक्त टेलिफोन सम्र्पक बिच्छेद भएको छ । हिमपातले जनजिबन प्रभावित भएपनि स्थानियहरु भने खुसीभएका छन् । आफूहरुले लगाएको बाली जौ, गहुँ राम्रो हुने भएकालेगाउलेहरु खुसीभएका हुन् ।
यतिबेला जौ , गहुँ गोड्ने बेला भएको तर हिमपातको कारण बाहिर निस्कन नसकेकाले गाउँलेहरु यतिबेला पशुचौपायहरुलाई तातोपानि नुन खुवाएर गर्नुपर्ने भएकाले घरमा नै पशुचौपायको रेखदेख गरिरहेका एक स्थानियले बताए ।
धार्के गाउँपालिकामा भने हिमपातका कारणले भुकम्पका कारणले भत्केका घरहरु बन्दै गरेकाले भुकम्प पिडितहरुको भने जनजिवन प्रभावित भएको छ ।
हिमपातका कारण केहि विद्यालयको पठन पाठन मा कठिनाई आएको छ । उता लाप्रकबासीहरु भने हिउँ परेमा लक्षिन मानिने भएकाले अब दिन राम्रो हुने भन्दै खुसी भएका छन् ।