चक्रपथको बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण आधा सकियो

  • प्रकाशित मिति : January 6, 2019
  • टुरिजम सञ्चार

काठमाडौँ ,पुस २२ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकाएसँगै कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण आधा सकिएको छ । नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ ।

चक्रपथको भित्रपट्टि र बाहिरपट्टि गरेर दुवैतर्फको काम भइरहेको छ । यो सडकमा मुख्य लेन, सहायक लेन र ‘सर्भिस ट्र्याक’ गरेर तीन प्रकारका लेन छन् । मुख्य र सहायक लेन चार÷चार र ‘सर्भिस ट्र्याक’ दुवैतर्फ एक÷एक गरेर जम्मा दुई लेनको रहेको छ ।

अहिलेसम्म झण्डै पाँच किलोमिटर काम सकिएको योजना कार्यालयले जनाएको छ । आठ लेन सडक निर्माणको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी सङ्घाइ निर्माण सेवा समूहले लिएको थियो । बाहिरपट्टिका दुई लेन सडक विभागले निर्माण गरिरहेको छ ।
अहिले आठ लेनको सडक भए पनि यी दुई लेनसहित सडक १० लेनको हुनेछ ।