नेपाल वायुसेवा निगमले सुरु गर्र्यो भोजपुर–काठमाडौँ उडान

  • प्रकाशित मिति : January 5, 2019
  • टुरिजम सञ्चार

काठमाण्डौँ, पुस २१ । नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौँ उडान थप गरेको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । यसअघि हप्तामा छ दिनमात्र भोजपुर–काठमाडौँँ उडान हुँदै आएको थियो ।

नयाँ कार्यतालिका अनुसार शनिवारबाट उडान शुरु भएको कार्यालयले जनाएको छ । त्यस्तै करीब एक महिनाबाट बन्द रहेको भोजपुर–विराटनगर उडान पनि शनिबारदेखि नै शुरु भएको छ । आइतबार र बिहीबार गरी हप्तामा दुई दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुर कार्यालयले जनाएको छ ।