काठमाडौं,पुस २० । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ । कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको हो ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो ।
वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई कारबाहीको सिफारसि गरेको थियो ।
निगमका लागि दुईवटा वाइडबडी विमान खरिदमा अनियमितता भएको र त्यसमा कंसाकारको संलग्नता मुख्य रहेको निष्कर्ष संसद्को सार्वजनिक लेखा समिति मातहत गठित छानबिन उपसमितिले निकालेको थियो ।
अनियमिततामा बहालवाला र पूर्वमन्त्री सहित सचिवहरूको समेत संलग्नता रहेको उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।