तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको सङख्या बढ्दो

  • प्रकाशित मिति : January 3, 2019
  • टुरिजम सञ्चार

तनहुँ,पुस १९ । एक वर्षको अवधिमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा एक लाख पचास हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म उक्त सङ्ख्यामा पर्यटक बन्दीपुर भित्रिएको पर्यटन विकास समितिका अध्यक्ष वैशबहादुर गुरुङले जानकारी दिएका छन् । सन् २०१७ मा करीब एक लाख पर्यटकले बन्दीपुरको भ्रमण गरेका थिए । भ्रमण गर्नेमध्ये ८० प्रतिशत आन्तरिक पर्यटक रहेका रहेका थिए ।

आउने बाह्य पर्यटकमा अमेरिका, थाइल्याण्ड, चीन, भारत र कोरियाका बढी छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटक बढी मात्रामा बन्दीपुर आएका थिए । दैनिक करीब तीन सय पर्यटक बन्दीपुर घुम्न आउने क्षेत्रीय होटल सङ्घले जानकारी दिएको छ । बन्दीपुरको मनोरम दृश्य र ऐतिहासिक स्थलको बारेमा जानकारी लिन बाह्य पर्यटक आउने गरेको छन् । बन्दीपुरमासानाठूला गरी ५७ होटल तथा २२ घरबास सञ्चालनमा छन् ।