गौतम बुद्ध विमानस्थल व्यवस्थापन गर्न म्युनिख विमानस्थललाई जिम्मा

  • प्रकाशित मिति : January 2, 2019
  • टुरिजम सञ्चार

टुरिजम संचार,पौष १८। दुई देशीय सरकारबीचको सम्झौता (जीटूजी) अवधारणाअनुसार म्युनिख विमानस्थललाई व्यवस्थापन दिने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जनाएका छन् । उनले भने,१० दिनभित्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

विमानस्थल निर्माण गरिरहेको नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिले दुई साताअघि म्युनिख विमानस्थललाई व्यवस्थापकीय जिम्मेवारी दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले सहमति दिएपछि दुई मुलुकबीच सम्झौता हुनेछ । त्यसपछि प्राधिकरणले म्युनिखसँग कुन मोडलबाट सञ्चालन गर्नेबारे टुंग्याउने छ भने,म्युनिखसँग सर्तअनुसार सम्झौता गरिनेछ। म्युनिखले पाउने आर्थिक पक्षबारे पनि टुंगो लागिनसकेको र नाफा बाँड्ने वा अरू कुनै उपयुक्त मोडल अपनाउनेबारे त्यसैबेला टुंग्याइने छ ।