रक क्यामिङ गर्नेहरुको लागि गन्तव्य बन्दै बिमलनगरको चुनपहरा

  • प्रकाशित मिति : December 31, 2018
  • टुरिजम सञ्चार

तनहुँ,पुष १६। तनहुँ जिल्लाको बिमलनगर अहिले चट्टान आरोहण (रक क्यामिङ) गर्ने पर्यटकको लागि उपयुक्त गन्तव्य बनेको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगर स्थित रहेको चुनपहरामा चट्टान आरोहण गर्नेको संख्या अहिले बढ्दो छ ।

पृथ्वी राजमार्गदेखि करिव ७५ मिटरको दुरीमा रहेको चुनपहरामा आरोहणका गर्नको लागि टाढाटाढा देखि पर्यटकहरु आउने गर्दछन । राजमार्गको छेउमै भएकाले यहाँ गोरखा , लम्जुङ ,पोखरा, काठमाडौँ र बाह्य देशबाट पर्यटकहरु पुग्ने गरेको स्थानीयको भनाइ छ ।

विशेषगरी असोजदेखि चैत महिनासम्म चट्टान आरोहण (रक क्यामिङ) गर्ने उपयुक्त समय मानिन्छ । एक पटकमा ६० जना सम्मले चट्टानमा आरोहिहरुले अभ्यास गर्न सक्नेछन । एक वर्षमा १ हजारदेखि १२ सय जनाले चट्टानको आरोहण गर्ने गरेका छन । अहिलेसम्म १९ हजार जनाले चट्टान आरोहण (रक क्यामिङ) गरि सकेका छन छन।

चट्टान आरोहणको लागि आउने पर्यटकको लागी स्थानीय ११ घरमा सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । बिमलनगरमा रहेको चट्टान आरोहणको उचित प्रचारप्रसारले गर्दा पछिल्लो समय पर्यटकहरुको आर्कषण झनै बढ्दै गएको छ ।चट्टान आरोहणको माध्यमबाट रमाइलो र साहसिक अनुभव बटुल्न पाइने भएकाले पनि पछिल्लो समय मानिसहरुको यसतर्फ आर्कषण बढ्दै गएको हो ।