विश्वकै अग्लो स्थानमा एटिएम मेसिन सञ्चालनमा

  • प्रकाशित मिति : December 30, 2018
  • टुरिजम सञ्चार

नाम्चे, पौष १५। विश्वको अग्लो स्थान सोलुखुम्बुको खुम्बुपासाङल्हामु वडा नं. ४ खुम्जुङमा एटएिम मेसिन राखिने भएको छ । वडा कार्यालयमै सिद्धार्थ बैंकको एटिएम मेसिन राख्न लागिएको वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताए ।

नाम्चेबजार भन्दा माथि बैंकिङ प्रणाली राखिएको यो नै पहिलो हो। एटिएम मेसिन राखिएसँगै खुम्जुङ, खुन्दे, फोर्चे, दोले, गोक्यो, ठाङनाक, मछेर्मो लगायतका हिमाली बस्तीका स्थानीयलाई पैसा निकाल्न नाम्चेबजार सम्म पुग्नु नपर्ने भएको छ।

उच्च हिमाली क्षेत्रमा भौगोलिक कठिनाइ भएकाले फोर्चे र पाङबोचेमा पनि शाखारहित बैंक लैजाने योजना रहेको छ ।