दार्चुला, पौष १४। दार्चुला जिल्लामा प्राकृतिक स्रोत साधनको अतुलनीय सम्भावनाहरु छन्। आन्तरिक या बाह्य पर्यटकलाई लोभ्याउने हजारौँ दृश्यहरु छन। हरिया फाँटहरु, नदीनाला, झर्ना, हिउँ पग्लेर बनेका तालहरु यहाँका हेर्नलायक ठाउँहरु हुन।
यसमध्येको एक हो अपी हिमाल। दार्चुला जिल्लाको घुसा गाविसमा अवस्थित अपी हिमालको उचाइ समुन्द्र सहतबाट ७ हजार १ सय ३२ मिटर उचाइमा छ। सेतो हिउँ ओढेर निलो गगन छुन लालायित अपी पर्यटक पर्खिरहेको छ।