नेपालकै सबै भन्दा लामो : दोधारा चाँदनी झोलुङ्गे पुल

  • प्रकाशित मिति : December 29, 2018
  • टुरिजम सञ्चार

कञ्चपुर, पौष १४। दोधारा चाँदनी झोलुङ्गे पुल नेपालकै सबै भन्दा लामो झोलुङ्गे पुल हो। कञ्चपुर जिल्लास्थित महाकाली नदीमा अवस्थित पुलको लम्बाई १ हजार ४ सय ५२ मिटर रहेको छ। पुलले महाकाली पारिका दोधारा र चाँदनी गाविसलाई जोडेको छ।

यो पुलमा फोटो खिच्न र महाकाली नदीमा पौडी खेल्न पर्यटक आउने गरेका छन्। विभिन्न विद्यालबाट पुल अवलोकन गराउन शैक्षिक भ्रमणमा लाने गरिन्छ। अर्को पर्यटकको आकर्षक केन्द्र शुक्लाफाँटा बन्यजन्तु आरक्षण समेत कञ्चनपुर जिल्लामै रहेको छ।