पर्यटकीय महत्वको केचनकवल

  • प्रकाशित मिति : December 27, 2018
  • टुरिजम सञ्चार

भद्रपुर,पौष१२। नेपालको सबैभन्दा होचो स्थान केचनकवल पर्यटकीय महत्व बोकेको भएता पनि विकासका हिसाबले पछि परेको छ । समुद्र सतहबाट ७० मिटरको उचाइ भएको यो ठाउँ झापाको कचनकवल गाउँपालिका–४ मा छ।

२०४४ सालमा राजा वीरेन्द्र हेलिकप्टर लिएर यहाँ आउँदा सिमेन्टको एउटा स्तम्भ अनावरण भएको थियो। त्यही स्तम्भ नै आज होचो ठाउँको चिनो भएको छ। राजवंशी र मुस्लिम समुदायको बाहुल्य भएको क्षेत्र हो केचनकवल । राजवंशीले ‘झिल’लाई केचना भन्छन्। केचनाको पुरानो नाम ‘छट झिल’ भएको स्थानीय बताउँछन्।

भद्रपुर एयरपोर्टबाट २९ किलोमिटर दक्षिणमा रहेको यस ठाउँमा जान सडक र यातायातको सुविधा भनेजस्तो सहज छैन। स्तम्भ जीर्ण भइसकेको छ र नेपालकै होचो स्थान केचनालाई राष्ट्रियस्तर बाट पूर्वाधार विकासमा सहयोग गर्न सक्ने हो भने यो पर्यटकीय गन्तव्य बन्न सक्छ।