काठमाडौं,पौष ११।२०७२ सालको विनाशकारी महाभुकम्पले सम्पदा र स्थलहरुमा पुर्याएको क्षतिपश्चात थालिएको पुननिर्माण र पुनःस्थापना सम्बन्धि तीन दिने फोटो प्रदर्शनी शुरु भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको तेश्रो वर्ष पूरा भएको उपलक्ष्यमा आयोजना गरिएको तीन दिने फोटो प्रदर्शनीको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शुभारम्भ गरे ।
प्राधिकरणको आयोजना, यूरोपियन युनियनको सहयोग र फोटो पत्रकार क्लब, नेपालको सहकार्यमा आयोजित यस फोटो प्रर्दशनी १३ गते साँझ ५ बजेसम्म चल्नेछ।