अब कालिञ्चोक भगवती केबलकारमा

  • प्रकाशित मिति : December 25, 2018
  • टुरिजम सञ्चार

कालिञ्चोक, पौष १०। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनीमध्ये एक हुन् भन्ने किम्बदन्ती प्रचलित रहेको छ । यो मन्दिर सदरमुकाम चरिकोटबाट उत्तरमा अवस्थित रहेको छ । समुन्द्र सतहबाट यो ३ हजार ८४२ मिटर उचाईमा छ ।

कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । कालिञ्चोक चरीकोटदेखि ६ घण्टाको पैदल दूरीमा छ । कुरी बजारदेखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती पुग्न सकिन्छ ।

एक महिना अगाडीबाट केबुलकार सञ्चालनमा आएपछि सोही दुरी ५ मिनेटको केबुलकार यात्रा र १० मिनेट हिँडे पुग्छ ।