राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै

  • प्रकाशित मिति : December 23, 2018
  • टुरिजम सञ्चार

दाङ,पुष ८। तुलसीपुर उपमहानगरपालिका– ७ मा रहेको राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै गएको छ।द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीयको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निमार्ण गर्ने निणर्य गरिएको थियो ।

उद्यान निमार्णका लागि आवश्यक पर्ने जग्गा स्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको थियो । त्यहाँ जनावर पशुपक्षी राख्न लागि सानो चिडियाखाना निर्माण गरिसकिएको छ। अब पशुपक्षी राख्न नेपाल सरकारबाट अनुमति लिनुपर्ने भएकाले त्यसका पहल भैरहेको छ।

अहिले उद्यानको अवलोकन, घुमघाम गर्ने र वनभोज मनाउन दैनिक ३०० देखि ४०० को सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन छन।

पन्ध्र हेक्टर क्षेत्रफलमा फैलिएको सो उद्यानको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । खानेपानी, शौचालयदेखि वनभोज खान आउनेहरूलाई आवश्यक पर्ने भाँडाकुँडा, दाउरा तथा ग्याँसको सुविधा पनि सो पार्कमा रहेको छ ।