सिजि टेम्पलको चर्चा

  • प्रकाशित मिति : December 23, 2018
  • टुरिजम सञ्चार

नवलपरासी,पौष ८। शाश्वत धाम कुनै देवी देवता उत्पत्ति भएको स्थान नभई एक जना व्यवसायीले बनाएको धार्मीक स्थल हो । जसलाई सिजि टेम्पलको नामले पनि चिनिन्छ ।

नवलपरासीको दुम्कौलीस्थित उक्त धाम सञ्चालनमा आएको २० महिना भयो । २० महनिाको अवधिमा २० लाख लाख भक्तजनले सो धामको दर्शन गरिसकेका छन् । दर्शन गर्न आउने पर्यटकको दस्ताबेज राखिएको छ ।

कस–कसले दर्शन गरे भन्ने कुरा प्रष्ट राखिएको छ । सरकारले उक्त धामलाई वेस्ट टुरिष्ट डेस्टिनेशनको अवार्ड समेत दिइसकेको छ ।