प्रकृतिको अनुपम उपहार: पाँचपोखरी

  • प्रकाशित मिति : December 20, 2018
  • टुरिजम सञ्चार

सिन्धुपाल्चोक, पाैष ५ । सिन्धुपाल्चोकमा रहेको पाँच पोखरी तालको नाम सायद हामी कमै ले सुनेका छौ होला । तर प्रकृतिको अनुपम उपहार पाँचपोखरी ताल पुगेपछि जो कोही मोहित नहुने कुरै हुँदैन । त्यहाँ एउटा मात्रै ताल छैन एउटा ठूलो र बाँकी स साना तालहरुको संगम हो पाँचपोखरी ।
सिन्धुपाल्चोक भोटाङमा रहेको पाचँ पोखरी ताल सुन्दरताका हिसाबले मात्रै नभएर धार्मिक हिसाबले पनि उत्तिकै प्रख्यात छ । जनै पूर्णिमाका दिन यो ताल आसपासमा ठुलो मेला लाग्ने गर्छ । समुद्री सतहबाट करीव ४ हजार ६० मिटरमा उचाइमा रहको उक्त ताल मेलम्ची बजारदेखि तीन दिनको पैदल यात्रा गरेपछि पाँचपोखरी पुग्न सकिन्छ ।
काठमाडौंबाट भने मेलम्चीसम्म बस वा अन्य सवारी साधनका माध्यमले जान सकिन्छ । मेलम्ची पुगेपछि पैदल यात्रा गरेर पहिलो दिन भोटाङ पुगेर बास बस्न सकिन्छ । भोटाङ सम्म बाटो र खानपिनका लागि होटलहरुको राम्रै व्यवस्था पनि रहेको छ ।
पाँचपोखरीमा अवस्थित नजिकै रहेको महादेवको मन्दिर परिसरमा रहेको पोखरीमा नुवाएर पाँच वटा पोखरी परिक्रमा गरेमा पाप नास हुने र मनले चिताएको पुरा हुने जनविश्वास रहेको पाइन्छ ।
विशेष गरी पाँचपोखरीमा जनै पूर्णिमाको अघिल्लो दिन र मंसिर पूर्णिमाका दिन विशेष मेला लाग्छ । पाँचपोखरी हुँदै तिलमान पास पनि गर्न सकिन्छ । तर यो पास निकै गाह्रो छ । यसको उचाई ५ हजार मिटर भन्दा पनी बढी रहेको छ । उचित प्रचार प्रसार नभएका कारण यो क्षेत्र पर्यटकीय गन्तब्यस्थल बन्न नसक्नुका साथै भौतिक पूर्वाधारको विकास समेत हुन सकेको छैन ।