पर्यटकीय गन्तब्य बन्दै जखेरा ताल

  • प्रकाशित मिति : December 17, 2018
  • टुरिजम सञ्चार

दाङ, पौष २ । चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका– ५ स्थित जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ।पूर्व–पश्चिममा वन तथा जङ्गल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदमा जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ ।

अहिले तालमा घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक २०० देखि ३०० को सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीयले जानकारी दिए ।

साढे पाँच बिघा क्षेत्रफलमा ताल फैलिएको छ । सो तालको गहिराइ ६ फिट छ । तालको उत्तरतर्फ गणेशको तथा पूर्वमा सिद्धेश्वर महादेवको मन्दिर छ । यहाँ आउने पर्यटक ढुङ्गा चढेर मन्दिरको दर्शन गर्ने गरेका छन् ।