चार खोलाको गजुरमुखी पबित्र तिर्थस्थल

  • प्रकाशित मिति : December 16, 2018
  • टुरिजम सञ्चार

पौष १,ईलाम माङसेबुङ गाउँपालिका १ स्थित प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाममा भक्तजनहरुकोे घुँइचो लाग्ने गर्दछ । परापूर्व कालदेखिनै गजुरमुखी धाममा गएर पूजा गरे मनोकांक्षा पूराहुने जनविश्वासले गर्दा गजुरमुखि धाममा घुँइचो लागेको हो ।

इलामको गजुरमूखि धाममा दर्शन र पूजापाठ गर्न आउने भक्तजनहरुको घुइँचो लागे सँगै धाम आसपासमा होटल तथा अन्य व्यवसायहरु संचालन गरिएको छ ।गजुरमुखी धाममा दर्शन गर्दा, भाकल बुझाउदा र पूजापाठ गर्दा मनोकांक्षा पूराहुने जन विस्वासले गर्दा भक्तजनहरुको भिड लागेको हो ।

यहाँ बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने युवा यूवतिले गजुरमुखिको दर्शन गरी विवाह गर्दा सोचेको पुरा हुने धार्मिक विश्वास रहेकाले देवीको दर्शन र पूजा अर्चना गर्ने संयौको संख्यामा भक्तजनहरु आउने गर्दछन ।

चार खोलाको जिल्लाले परिचीत इलाम चार माई मध्ये देउमाईको किनारामा पर्ने गजुरमुखी बागबिर लिम्बूले गजुरमुखीको पत्ता लगाएको र गजरामुखी बाट गजुरमुखी नामाकरण भएको इतिहास पाइन्छ । यसको उत्पती करिव २ सय ५० वर्ष अगाडी भएको बिश्वास छ।