पर्यटनको विकासमा गाउँपालिकाको नयाँ योजना : सरकारी जग्गामा २० करोडमा बन्दै नयाँ संरचना

  • प्रकाशित मिति : December 12, 2018
  • टुरिजम सञ्चार

टुरिजम संचार संवाददाता / रूपन्देही,मंसिर २६ । गौतमबुद्धको जन्मस्थल लुम्बिनी देखि करिब १ घण्टाको दुरीमा रहेको रूपन्देहीको सियारी गाउँपालिकाले पर्यटनको विकासमा नयाँ योजना अगाडी बढाएको छ । लुम्बिनी आउने विदेशी पर्यटकलाई लक्षित गरी पर्यटन सम्बद्ध वहुउद्देश्यीय आयोजना सुरु भएको हो ।

आयोजना अन्तर्गत विशालबुद्ध स्तुप, सामुदायिक कृषि विकास केन्द्र, हरित पार्क, नैतिकशिक्षा तालिम केन्द्र लगायतका संरचना बन्ने भएका हुन । गाउँपालिकाको वडा नंं ३ जंगहत्था (साविक हर्नैया गाविस वडा नं ६) मा रहेको ४ बिघा १० कठ्ठा क्षेत्रफलको ऐलानी जग्गामा करिव २० करोड रुपैयां लगानीमा उक्त संरचनारु बन्ने जनाइएको छ । वहुउद्देश्यीय आयोजनाका लागि विश्व प्रकाश प्रतिष्ठान नामको गैरसरकारी संस्थाले ७५ प्रतिशत र सियारी गाउँपालिकाले २५ प्रतिशतलगानी साझेदारी गर्ने गरी सहमति भएको गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले बताए ।

एउटा वडा बाट कम्तीमा पनि ३ जना भन्दा बढि टुरिष्ट गाईट उत्पादन विभिन्न विदेश वा स्वदेशी पाहुँनाहरूलाई गाउँपालिकामा ल्याउनको लागि तिनै टुरिष्ट गाईडलाई ऋण प्रदान गरेर सवारी खरिदमा समेत लगानी गर्न सक्ने गरी योजना बनाइएको अध्यक्ष थारुले जानकारी दिए । अध्यक्ष थारुका अनुसार यसरी गाउँमा उत्पादन भएका टुरिष्ट गाईडले गाउँको उत्पादन, त्यहाँका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गराउने उदेश्य राखिएको छ ।

गौतम बुद्ध विमानस्थलमा ओर्लेपछि आउने पाहुँनाहरूलाई पहिलो बेथरीमा रहेको केरा खेतीको अवलोकन गराउने, केराका विभिन्न परिकारले स्वागत गर्ने, त्यसपश्चात अव निर्माण गर्न लागिएको बहुउदेश्यीय आयोजनाको अवलोकन गराउने, छपियाको चिसो पानीमा रहेका माछाका परिकार खुवाउने गरी प्याकेज सहितको योजना गाउँपालिकाले बनाएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष अमृता गुरुङ्गले गाउँपालिकामा बहुउद्देश्यीय आयोजनाको अवको ३ बर्षमा पुरा गर्ने गरी कार्य अगाडी बढाएको जानकारी दिइन । सार्वजनिक तथा सरकारी जग्गा संरक्षण समितिका संयोजक झेपेन्द्र अर्यालले यसरी खेर गैरहेको जग्गामा पर्यटकीय क्षेत्रको विभिन्न पुर्वाधारहरू निर्माण हुनु आफैमा राम्रो कुरा भएको बताएका छन । उक्त क्षेत्रको विकास बाट वडा नम्बर ३ का सिङ्गो बस्ती नै लाभावित हुने अपेक्षा गरिएको उनको भनाई छ ।