यी हुन सरकारले घोषणा गरेका एक सय नयाँ पर्यटकीय गन्तव्य, तपाईको जिल्लामा कुन कुन स्थान परे ? हेनुहोस्

  • प्रकाशित मिति : November 1, 2018
  • टुरिजम सञ्चार

काठमाण्डौ,कात्तिक १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यहरु सार्वजनिक गरेको छ । सरकारको घोषित कार्यक्रममार्फत् नै नेपालको पर्यटन प्रवर्द्धनको लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्न सय ओटा नयाँ गन्तव्यको पहिचान गरेको हो ।
‘पहिला देश अनि विदेश’ भन्ने नारा ल्याएको सरकारले नेपालकै नयाँ गन्तव्यहरुको पहिचान गरी प्रचार प्रसार गर्ने तयारी गरेको छ । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने सरकारको योजना छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले नेपालका पर्यटकीय क्षेत्रको विकासका लागि नयाँ गन्तव्यहरुको पहिचान गरिएको बताएका छन् । नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यका लागि सार्वजनिक सूचना जारी गरेको थियो । आफ्नो क्षेत्रमा रहेका गन्तव्यहरुको प्रचार प्रसार र प्रवर्द्धनका लागि पर्यटन बोर्डले नयाँ गन्तव्यको तथ्याङ्क माग गरेको थियो ।

हेनुहोस सुचि